विशेष अनलाइन । निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । परिचयात्मक भिडियोमार्फत चलचित्रका विषयवस्तु र पात्र प्रस्तुत गर्दै निर्माण जानकारी दिइएको हो । भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचन रहेको छ ।
चलचित्र ‘सोल्टिनी’ प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको हो । चलचित्र पुस १५ देखि फ्लोरमा निस्कनेछ । यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोली वर्कसपमा छन् ।
प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहने चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्ने भनेका छन् । लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै छिन् । चलचित्रमा अपुरो प्रेमको गहिरो कथामा निर्माण हुन लागेको हो ।
चलचित्रको प्रदर्शन मिति २०८२ असोज ३ गते संविधान दिवस भनिएको छ ।
Discussion about this post