विशेष अनलाइन । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर पोखरामा गरिएको छ । मंगलबार पोखराको मिडटाउन हलमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा रंगपत्रकारको सहभागिता थियो ।
प्रिमियरमा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की सहभागी थिए । प्रिमियरमा चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक चाम्सले बताएका छन् । प्रिमिएर मिडटाउन हलसँगको सहकार्यमा आयोजना गरिएको थियो ।
चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको प्रिमिएर भने आज बुधबार साँझ काठमाडौँमा आयोजना गरिएको छ । रोमान्टिक कमेडी जनराको चलचित्र एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । चलचित्रका कार्यकारी निर्माता अमित रिजाल हुन् । चलचित्रको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।
चलचित्रले सार्वजनिक प्रदर्शनबाट पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण युनिटको छ ।
Discussion about this post