विशेष अनलाइन । कृषा चौलागाईले निर्देशन गरेको चलचित्र ‘पीताम्बर’को दोस्रो सेड्युलको छायाङ्कन सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबबाट सोमबार देखि चलचित्रको छायाङ्कन सुरु भएको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् ।दोस्रो सेड्युलको पहिलो दिनको छायाङ्कन अभिनेता प्रदीप खड्का र सौगात मल्लले गरेका छन् ।
चलचित्रमा सौगात र प्रदीपक सहित दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायत कलाकारहरुको अभिनय रहने छ । अभिनेता आर्यन सिग्देल चलचित्रमा विशेष भूमिकामा देखिनेछन् ।
काठमाडौँको छायाङ्कन सकेर चलचित्र युनिट बाँकी छायाङ्कन सकाउन नवलपरासी पुग्नेछ । चलचित्रको पहिलो चरणको छायाङ्कन पनि नवलपरासीमै गरिएको थियो । केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस् सँग सहकार्य गरेको ‘पीताम्बर’मा पुरुषोत्तम प्रधान छायाकार हुन् । विशाल चौलागाई निर्माता रहेको चलचित्रको बजेट ५ करोड बताइएको छ ।
Discussion about this post