विशेष अनलाइन । क्राइम, सस्पेन्स र थ्रीलर जनरामा आधारित सिरिज ‘कालमाण्डु’को यतिबेला धमाधम छायांकन भइरहेको छ । शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै सिरिजको शुभ मुहूर्त गरेको थियो । शयनम अधिकारीको निर्देशनमा तयार हुन लागेको सिरिजको निर्माण कमल थिङले गर्न लागेका हुन् ।
सिरिजमा शयनमकै कथा तथा पटकथा रहनेछ। विशेष अनलाइनसँग कुरा गर्दै सिरिजका निर्देशक शयनम अधिकारीले ‘कालमाण्डु’लाई फरक शैलीमा निर्माण गर्न लागिएको बताए । निर्देशक अधिकारीले सिरिजले नेपाली दर्शकको मान जित्नेमा आसावादी रहेको उल्लेख गरे ।
जेफोरके इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने सिरिज ‘कालमान्डू’को छायाँकन र सम्पादन पवन सुस्लिङ्गले गरिरहेका छन् । ‘कालमान्डू’मा मिस्टर काजीको द्वन्द निर्देशन तथा सम्राट न्यौपानेको सङ्गीत रहेको छ।
सिरिजमा अन्जन थापा, राकेश कालागाईँ, आलिशा बास्तोला, रोशनि कार्की, क्रिस गुरुङ, सुगत करन्जित, माही अधिकारी, शिव अधिकारी, मिस्टर काजी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
Discussion about this post